बजार संक्षेप

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

    2019-07-18

काठमाडौँ- नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको छ। यस योजना अनुसार नेपाल भर रहेका टिभिएस मोटरसाईकलको कुनै पनि शोरुममा गई अपाचे RR310 तथा अपाचे 200 4V v2 को टेस्ट राईड मात्र गरि उक्त योजनामा सहभागि हुन सकिनेछ र २५ जना भाग्यशाली विजेताहरुले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमा अपाचे RR 310 र 200 4V v2 कुदाउनुको अनुभव संगाल्न पाउनेछन् ।
साथै अपाचे RR 310 तथा 200 4V v2 खरिदकर्ताहरुले हेल्मेट्स नेपालको क्रमशः 10,000/– तथा 7,000/– रुपैयाँ बराबर नगद भौचर उपहार पाउनेछन् भने अपाचे च्च्घज्ञण् को लागि मासिक किस्ताबन्दी रु 19093/– र अपाचे 200 4V v2को लागि रु 11,245/– कायम गरिएको छ । 
नयाँ बिक्री योजनाका बारेमा जानकारी दिदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट श्री दीपक अग्रवालले भन्नु भयो । “हरेक मोटरसाईकल राइडरको एउटा भित्री ईच्छा हुन्छ रेस ट्रयाकमा मोटरसाईकल कुदाउनुको मज्जा लिने । तर सबैले यस्तो चाहना पूरा गर्न सकेका हुँदैनन् । यसैले आफ्ना बाइक प्रेमीहरुलाई सदैव नयाँ नयाँ एक्सपेरियन्स दिलाएर अचम्भित पार्दै आएको टिभिएसले एक नयाँ योजना अघि सारेर यसपटक सर्वथा भिन्न आश्चर्यजनक उपहारको रुपमा हामीले हाम्रा ग्राहकहरुलाई यो रेस ट्रयाक एक्सपेरियन्स प्रस्तुत गरेका छौं ।” 

यसमा तपाईको मत