बजार संक्षेप

टिभिएसले ल्यायो ‘टिभिएस दसैंको दौड’ योजना

    2019-08-27

काठमाडौं– टिभिएस टू–हिवलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले उपभोक्ता प्रवद्र्धन योजना ‘टिभिएस दसैंको दौड’ प्रारम्भ गरेको छ । 
उक्त योजनामार्फत ग्राहकले नगद पुरस्कार जित्ने बहु–अवसर प्राप्त गर्न सक्ने जनाइएको छ । योजनामा टिभिएस सोरुममा नगइकनै वा टिभिएस बाइक नकिनेर नै सहभागी बन्न सक्ने जनाइएको छ ।
योजनामा सहभागी बन्नको लागि टिभिएसको वेबसाइटमा गएर लग इन गरी आफ्नो विवरण भर्नुपर्ने जनाइएको छ । यसरी प्रविष्ट गराउने व्यक्तिले बाइक नकिन्दा नै पाँच हजारदेखि एक लाख रुपैयाँसम्म नगद सक्ने उल्लेख छ । उक्त रकम नेपालभर रहेको कुनै पनि टिभिएस सोरुमबाट टिभिएस टू–ह्विलर किन्दा छुटको रुपमा प्राप्त हुनेछ ।


 

यसमा तपाईको मत