बजार संक्षेप

टिभिएस रेडर मोटरसाइकलको बुकिङ खुला

  नागरिक   2021-11-01

जगदम्बा मोटर्स प्रालिले टिभिएस मोटर कम्पनीको १२५ सिसीको नयाँ मोटरसाइकल टिभिएस रेडर सार्वजनिक गरेको छ। कम्पनीले अत्याधुनिक फिचर्सले सुसज्जित भनेको यो बाइक स्पोर्टी रहेको दाबी गरिएको छ।

यसमा एलसिडी डिजिटल स्पिडोमिटर, थ्रिभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलइडी हेड ल्याम्प र यो श्रेणीमै पहिलोपटक अन्डर सिट स्टोरेज सुविधा रहेको बताइएको छ।

नयाँ बाइक सार्वजनिक कार्यक्रममा बोल्दै टिभिएस मोटर कम्पनीका इन्टरनेसनल बिजनेस, अध्यक्ष, आर डिलिपले भने, ‘हाम्रा मिलेनियल तथा डिजिटल्ली नेटिभ जेन जी उपभोक्ताका लागि हामीले निरन्तर रूपमा श्रेणीकै उत्कृष्ट फिचर्स तथा प्रविधि सुसज्जित उत्पादन उपलब्ध गराउँदै आएका छौं।

हाम्रा नयाँ पुस्ताका उपभोक्तामा उत्साह र आकांक्षा जगाउन हामीले नयाँ सौगातका रूपमा १२५ सिसी क्षमताको टिभिएस रेडर नेपालमा सार्वजनिक गरेका हौं। नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजारका रूपमा छ। यहाँका युवा उपभोक्ताका निम्ति नयाँ उत्पादनहरू पस्कन पाउँदा हामी निकै उत्साहित छौं। युवा उपभोक्ताले  टिभिएस रेडरको विशिष्ट राइड क्यारेक्टरलाई मन पराउनेमा हामी विश्वस्त छौं।’

यसमा टिभिएस मोटर कम्पनीको नवप्रवर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिम समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ। बलियो र कलात्मक ट्यांकले यसलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको कम्पनीले जनाएको छ। दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो रहेको कम्पनीको दाबी छ।

कम्पनीका अनुसार यसमा १२४.८ सिसी एयर तथा आयल कुल्ड थ्रिभी इन्जिन छ। यसले ६५ सय आरपिएममा ११.५ एनएम टर्क र आठ हजार आरपिएममा १२।९ पिएस अधिकतम शक्ति उत्सर्जन गर्छ। यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलोमिटर प्रतिघन्टाको एक्सिलिरेसन ५।७ सेकेण्डमा प्राप्त गर्छ। कम्पनीले यसमा ग्यास चार्ज्ड फाइभ स्टेप एड्जस्टेबल मोनो सक सस्पेन्सन, लो फ्रिक्सन फ्रन्ट सस्पेन्सन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ इन्च अलोय चंकी फराकिलो टायर प्रयोग गरिएको जनाएको छ।

 

यसमा तपाईको मत