अटो विशेष

टिभिएसको ग्रान्ड दसैं एक्सचेन्ज मेला

  नागरिक   2021-09-19

नेपालका लागि टिभिएस टु–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले असोज १ गतेदेखि टिभिएस ग्रान्ड दसैं एक्सचेन्ज मेला सुरु गरेको छ।

भृकुटीमण्डपमा आयोजित सो मेला असोज ६ गतेसम्म चल्नेछ। मेलामा उपहार वर्षाका साथै ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर किन्दा सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्नेछन्।

मेलामा कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा १० हजार बढीसम्म मूल्यांकन पाउनेछन्। त्यस्तै नयाँ सवारी खरिद नगरी एक लाख रूपैयाँसम्म र किनिसकेपछि १० लाख रूपैयाँसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्। यसमा प्रि–बुकिङ गरे मात्र पनि ग्राहकलाई २ हजार रूपैयाँबराबरको आकर्षक उपहार व्यवस्था गरिएको छ।  

यस योजनाको मुख्य आकर्षणचाहिँ एक्सचेन्जमा इएमआई अफर रहेको छ। जहाँ ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गए त्यसको मूल्यांकन बराबरको रकम डाउन पेमेन्ट तिरी बाँकी रकम इएमआईको सुरुवाती दर ५ हजार ९ सय ९९ रूपैयाँ मासिक तिरेर नयाँ मोटरसाइकल वा स्कुटर लैजान सक्नेछन्।

यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इएमआई र क्यास दुवैको माध्यमबाट विकल्प दिएको छ।

यसमा तपाईको मत