बजार संक्षेप

फर्स्ट माइक्रोफाइनान्सद्वारा साझेदार संस्थालाई तालिम

  नागरिक   2019-11-29

काठमाडौं– फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना साझेदार संस्थालाई तालिम दिएको जनाएको छ । संस्थाले मोरङको सुन्दर हरैचा साझेदार सहकारी संस्थाका कर्मचारीलाई दुईदिने भाखा नाघेको ऋण व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम दिएको विज्ञप्तिमा उल्लेख छ । 
उक्त तालिममा चार जिल्लाका ३२ सहकारी संस्थाका ५४ जनाको सहभागिता रहेको संस्थाले जनाएको छ । तालिममा सहभागीलाई भाखा नाघेको ऋण व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिमका साथै भूमि व्यवस्था, सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण, सहकारीमा ऋण भाखा नाघ्नुको कारण र भाखा नाघेको ऋण व्यवस्थापनका अभ्यास सम्बन्धमा सहजीकरण गराइएको जनाइएको छ ।
 

यसमा तपाईको मत