बजार संक्षेप

अब माछापुच्छ्रेको कार्डबाट खरिद गर्दा शुल्क नलाग्ने

  नागरिक   2019-09-13

काठमाडौँ- माछापुच्छ्रे बैंकले विभिन्न अनलाईनमार्फत सामानहरु खरिद गरि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोग गरेर सामान वा सेवा खरीद गर्दा अव कुनैपनि शुल्क नलाग्ने सुविधा ल्याएको छ। अनलाईन शपिङ्गमा ग्राहकहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै बैंकले उक्त सुविधा ल्याएको हो । 
ग्राहकले बैंकको भिसा कार्ड प्रयोग गरी दराज, किराना पसल, इ–सेवा पसल लगायतका अन्य थुपै अनलाईनहरु मार्फत सपिङ्ग गर्दा उक्त सुविधा प्राप्त गर्न सकिने जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। यसैगरी बैंकको अन्तराष्ट्रिय भिसा कार्ड प्रयोग गरी होटल बुकिङ्ग गर्दा समेत शुल्क लाग्ने छैन । 
बैंकका कार्ड प्रयोगकर्ताहरुलाई आफ्नो कार्डमा यो सुविधा थप्न नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न बैंकले आव्हान समेत गरेको जानकारी गराएको छ। यस सम्बन्धी थप जानकारी बैंकको वेबसाइटमा समेत उपलब्ध रहेको छ । 
  

यसमा तपाईको मत