बजार संक्षेप

लुम्बिनी विकास बैंकद्वारा तीन शाखा विस्तार

  नागरिक   2020-01-31

काठमाडौं– लुम्बिनी विकास बैंकले एकै दिन तीन शाखाको उद्घाटन गरेको जनाएको छ । धेरैभन्दा धेरै ग्राहकसमक्ष बैंकिङ सेवा पुर्याउने उद्देश्यले यी शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
बैंकले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ चौराह, कञ्चनपुरको भिमदत्तनगरपालिका वडा नम्बर ४ महेन्द्र स्मारक, सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ विरेन्द्र चोकमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
स्थानीय प्रतिनिधि, भद्र भलाद्मी, ग्राहक/आमन्त्रित अतिथि समेतको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ । विस्तारित शाखाबाट ग्राहकलाई सबै बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ । हाल बैंकले ६८ शाखामार्फत एबिबिएस, मोबाइल बैंकिङ, एटिएम लागयत माध्यमबाट सेवा दिइरहेको छ ।
 

यसमा तपाईको मत