बजार संक्षेप

६ सहरमा एनसेल मेला हुने

  नागरिक   2019-11-28

काठमाडौं– एनसेल प्रालिले देशको विभिन्न ६ हिरमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगन्ज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले मेला आफ्नो ब्रान्डको सार ‘आज, भोलि, सधैं सँगै’ अनुरुप आयोजना गर्न लागको र यसले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।
चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुति, किड्स जोन, गेम स्टल र फुड स्टलसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एकदिने एनसेल मेलाको सुरुआत इटहरीबाट हुनेछ । 
यी ६ वटै सहरमा एनसेल मेला १० बजे सुरु भई कन्सर्टसहित साझ ७ बजेसम्म चल्नेछ । गीत–संगीत, किड्स जोन, डिजिटल जोनदेखि विभिन्न फिजिकल एक्टिभिटी बुथ, स्थानीय पर्यटन गन्तव्यको प्रवद्र्धन र एनसेलका विभिन्न सेवा तथा सुविधामा आर्कषक अफर र उपहार यस मेलामा समावेश गरिएका छन् । मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कार पाउन सक्नेछन् । चर्चित कलाकार तथा सांगीतिक समूहको सांगीतिक प्रस्तुति, बालबालिकाका मनोरञ्जनका विविध गतिविधि तथा गेम स्टलहरु, विदेशी कलाकारको सुटिङ स्टार एक्ट, थिम गेम र ओकुलस भर्चुअल जोन यो मेलाको आकर्षण हुने बताइएको छ । 

यसमा तपाईको मत