बजार संक्षेप

वेस्टर्न युनियनको विजेता घोषणा

  नागरिक   2020-02-10

काठमाडौं– वेस्टर्न युनियनले उपभोक्ता प्रवद्र्धन योजनाअन्तर्गत बम्पर लक्की ड्रको विजेता घोषणा गरेको छ । एक कार्यक्रमबीच महेन्द्रकुमार लामालाई माघ ५ गते विजेता घोषणा गरी १० लाख रुपैयाँ प्रदान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
यो प्रवद्र्धन योजना दसैं, तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो । यसमा ग्राहकले हरेक हप्ता आफूले प्राप्त गरेको रकमको दोब्बर जित्ने अवसर पाएका थिए । प्रवद्र्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारलाई स्वचालित रुपमा बम्बर लक्की ड्रमा समावेश गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाईको मत