बजार संक्षेप

हुन्डाइको डिजिटल क्याम्पेनका विजेता छानिए

  नागरिक   2019-12-30

काठमाडौं– लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले डिजिटल क्याम्पेनमा सहभागी विजेताको नाम सार्वजनिक गरेको छ । कम्पनीले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी लक्की ड्रबाट विजेता छानेको जनाएको छ ।
कम्पनीका अनुसार स्पट भेन्यू कन्टेस्टमा सहभागी बलराम विष्टले थाइल्यान्ड घुम्ने अवसर पाएका छन् । त्यसैगरी, करिम खानले पोखरा, चितवन, नगरकोट तथा धुलिखेल घुम्ने अवसर पाएको विज्ञप्तिमा उल्लेख छ । स्पट भेन्यू कन्टेस्टमा एक सय ६ जना सहभागी भएका थिए । टेस्ट ड्राइभमा सात सय १६ जनाले सहभागिता जनाएको कम्पनीको भनाइ छ । टेस्ट ड्राइभका सुमनराज रिजाल, इन्द्रबहादुर सुनार र बसन्तकुमार श्रेष्ठले पोखरा, चितवन र नगरकोट÷धुलिखेल घुम्ने अवसर पाएका छन् । 
 

यसमा तपाईको मत