बजार संक्षेप

हुलासको  उत्पादन क्षमता बढ्यो

  नागरिक   2019-12-27

काठमाडौैं– हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले आल्मुनियमको उत्पादन क्षमता वृद्धि गरेको छ । कम्पनीले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर ८० मेट्रिक टन आल्मुनियम उत्पादन गर्दै आएकोमा अहिले वृद्धि गरेर तीन सय मेट्रिक टन पुगेको जनाएको छ । गत साउन १ देखि सञ्चालनमा आएको कम्पनीले अत्याधुनिक विदेशी प्रविधियुक्त प्लान्टबाट प्रतिदिन तीन सय मेट्रिक टनसम्म अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन गर्दै आइरहेको जनाएको छ । कम्पनीले उत्पादित सामान नेपालका विभिन्न स्थानबाट बिक्री वितरण गर्दै आइरहेको जनाएको छ । कम्पनीले आफ्नो लोगो हेरेर मात्रै सामान खरिद गर्न पनि अनुरोध गरेको छ ।
 

यसमा तपाईको मत