बजार संक्षेप

मुक्तिनाथका सञ्चालकको शपथ

  नागरिक   2019-12-20

काठमाडौं– मुक्तिनाथ विकास बैंककोे १३औं वार्षिक साधारणसभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ ।
सभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ र रविन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट निर्मलाकुमारी केसी (कार्की) र शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैंकले ४२ जिल्लाका एक सय ३४ शाखामार्फत सेवा दिँदै आएको छ ।

यसमा तपाईको मत