बजार संक्षेप

वायुसेवाको नारिता उडान फागुन १९ देखि

  नागरिक   2020-02-11


काठमाडौं– नेपाल वायुसेवा निगमले फागुन १९ गतेदेखि जापानको नारितामा हप्ताको तीन दिन सिधा उडान सुरु गर्ने भएको छ । एयरबस वाइड वडीबाट गरिने सिधा उडान सोमबार, बुधबार र शुक्रबार हुने निगमले जनाएको छ । बिहान १ बजेर २५  मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने सो विमान सोही दिन अपराह्न ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका बनाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हालका लागि प्रवर्धनात्मक भाडादर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार रुपैयाँ निर्धारण गरिएको छ । बिजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५–२५ किलोका दुईवटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३–२३ किलोका दुईवटा ब्यागेज लैजाने सुविधा पाउने जनाइएको छ ।
नारिताको उडान सुरु भएपछि टोकियो र वरपरका यात्रुलाई सुविधा पुग्ने तथा ट्रान्जिटको झन्झटसमेत समाप्त हुने निगमको अपेक्षा छ । 

यसमा तपाईको मत