बजार संक्षेप

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

  नागरिक   2019-11-22

काठमाडौं– एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ ।
उक्त मेसिनले मिर्गौला बिरामीलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत पुर्याउने बैंकको विश्वास छ । 
अस्पतालका डिन बिएम नागपाललाई बैंकका डिजिएम राजिव जैनले सो मेसिन हस्तान्तरण गरेको बैंकले जनाएको छ । 
भारतीय दूतावास कोलोनियल ए च्याम्बिएल एसएम डिफेन्स एट्याची, मनिपाल अस्पताल र पोखराका पेन्सन भुक्तानी कार्यालयका अन्य अधिकारीको उपस्थितिमा एलटी जेन सान्तनु दयाल, एभिएसएम, एसएम, भिएसएम, डिजी, डिसी र डब्लूले उक्त मेसिनको उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
एभरेस्ट बैंकले ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र एक सय २२ एटिएम तथा बृहत् बाह्य सञ्जालमार्फत सेवा दिइरहेको जनाएको छ । 

यसमा तपाईको मत