बजार संक्षेप

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

  नागरिक   2019-12-15

काठमाडौं– अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन नेपाल विधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, अस्ट्रियन दूतावास भारत र नेपालका मिसन उपप्रमख माथियास रेडोजोटिक्स, यातायात र प्रविधिका लागि अटासी माइकल लेडरर, एन्ड्रिजको दक्षिण एसिया, दक्षिणपूर्व एसिया तथा ओसिनियाका क्षेत्रीय कार्यकारी जोसेफ उल्मरले गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको विकास र प्रगतिको एक हिस्सा हुन गएको दाबी गर्दै कम्पनीले नेपालसँग तीन दशक लामो ऐतिहासिक सम्बन्ध कायम गरेको जनाएको छ ।
एन्ड्रिजले नेपालका ३० भन्दा बढी सम्पन्न तथा निर्माणाधीन आयोजना गरी लगभग सय मेगावाट क्षमताका आयोजनामा आफ्नो संलग्नता कायम गरको विज्ञप्तिमा उल्लेख छ । यस वर्षमात्रै लगभग ६७ मेगावाटका चार आयोजनालाई सफलताका साथ राष्ट्रिय विधुत प्रसारण लाइनमा जोड्न सफल भएको कम्पनीले जनाएको छ ।
हाल राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र मध्यभोटेकोसी जलविधुत आयोजनाका साथै निजी क्षेत्रबाट सञ्चालित अन्य धेरै आयोजनामा कम्पनी संलग्न रहेको जनाइएको छ ।
कम्पनीले कुलेखानी, मध्यमस्र्याङ्दी तथा चिलिमे जलविधुत आयोजनाको सफल निर्माण एक दशकअघि सम्पन्न गरेको पनि स्मरण गराएको छ । 
 

यसमा तपाईको मत