बजार संक्षेप

भ्याली एक्सप्रेसको पाँचौं शाखा एयरपोर्टमा

  नागरिक   2019-12-20

काठमाडौं– भ्याली कोल्ड स्टोर प्रालि अन्तर्गतको भ्याली एक्सप्रेसले त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्रको भवनमा पाँचौं शाखा खोलेको छ । 
२०४१ मा स्थापित भ्याली ग्रुप ३१ वर्षपछी फास्टफुडको व्यापारमा प्रवेश गर्दै २०७१ मा भ्याली एक्सप्रेस ब्रान्डमा चितवनमा पहिलो आउटलेट खोलेको थियो । दोस्रो शाखा काठमाडौंको नयाँबजारमा खोलेर काठमाडौं उपत्यका प्रवेश गरेको समूहले काठमाडौंको बसन्तपुर र महाराजगन्जमा यसअघि नै शाखा विस्तार गरिसकेको छ । 
उपभोक्तालाई सुपथ मूल्यमा स्वस्थ मासु र पौष्टिक तत्वको सहज उपलब्धतालाई समूहले प्राथमिकतामा राखेको ग्रुपका प्रमुख व्यवस्थापक बाबुराजा रावल बताउँछन् । भ्याली ग्रुपअन्तर्गत कोल्ड स्टोर, फिड उद्योग, पोल्ट्री, पेलेट फिड उद्योग सञ्चालनमा रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
पोल्ट्री व्यवसायसम्बन्धी खोज र अनुसन्धान गरी आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन भ्याली रिसर्च फार्म सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ ।
अन्तराष्ट्रियस्तरको प्रविधि भित्र्याउँदै ब्रोइलर कुखुराको गुणस्तरीय एकदिने चल्ला उत्पादन तथा वितरण सञ्चालनमा आइसकेको र तनहुँमा मर्स्याङ्दी पोल्ट्री प्रालि, नुवाकोटमा त्रिशूली ब्रिडिङ एन्ड रिसर्च फार्म प्रालि र झापामा भ्याली एग्रोफिड प्रालि सञ्चालनमा आइसकेको रावलले जानकारी दिए । 

यसमा तपाईको मत