बजार संक्षेप

तयारी पोसाकको सो रुम खुल्यो

  नागरिक   2019-10-20

इटहरी- पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। मेलान्ज स्टोरले आफ्नो तेस्रो शाखाको रुपमा स्थापना गरेको सो रुमको हास्य कलाकारद्वय सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' ले
शनिबार संयुक्त रुपमा उद्घाटन गरे। कुनै पनि वस्तु एकै थलोमा विभिन्न ब्रान्डका सामान खरिद गर्न सहजताका लागि काठमाडौं, धनगढीपछि इटहरीमा शाखा खुलेको प्रमुख शैलेश लोहनीले बताए। मेलान्ज स्टोरले डेढ़ वर्षअघिवाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको थियो । अब केही दिनमै काठमाडौंमा अर्को शाखा खोल्ने भएको छ।
मेलान्जले खोलेको सो रुमामा विशेषगरी लत्ताकपडा तथा फेसनका अन्य सामग्रीको सहज मूल्यमा खरिद गर्ने ग्राहक आउने गरेका छन्। यहाँ एउटै छानामुनि लेडिज, जेन्स र बच्चाका तयारी कंपडा, ब्याग, पर्स, परफ्युम, जुत्तालगायतका सामग्री पाइने प्रमुख लोहनीले बताए। इटहरीमा खुलेको सो रूम खोल्न झर्डै ९० लाख रुपैयाँ लागेको प्रमुख लोहनीले बताए। अहिले सुरुआत भएकाले गर्दा आवश्यकताअनुसार लगानी थप्ने पनि जानकारी दिइयो। सो रुमको उद्घाटनका क्रममा कलाकार धुर्मुसले मेलान्ज व्यवसायिक उत्तरदायित्वसँगै सामाजिक उत्तरदायित्वको रुपमा सक्रिय रहेको जनाए। मेलान्ज कम्पनीले सामाजिक नाफाको निश्चित रकम धुर्मुस-सुन्तली फाउन्डेसनलाई प्रदान गर्ने गरेको छ। "अहिले विदेसिने बढ़िरहेका वेला मेलान्ज कम्पनीले छोटो समयमै स्वदेशमै व्यवसायमा सफल भएर उदाहरण प्रस्तुत गरेको छ' उनले भने, 'ग्राहकलाई सन्तुष्ट
पारेर व्यापार अरु फस्टाओस् ।' 'इटहरीमा हाई क्वालिटीका लत्ताकपडा ज्यादै नै महँगा हुने र आर्थिक अवस्था कमजोर भएकाले सहज ढंगले खरिद गर्न नसक्ने भएकाले गर्दा सबैको पहुँच हुनेगरी सो रुम स्थापना गरिएको हो उनले भने । मेलान्जले अब वर्ष दिनभित्र देशभर दस वटा शास्खा विस्तार गर्ने लक्ष्य राखेको छ ।
 

यसमा तपाईको मत