बजार संक्षेप

दराजले सामसङ ग्यालक्सी नोट १० लाइट सार्वजनिक गर्ने

  नागरिक   2020-02-11

काठमाडौं– नेपालको अग्रणी अनलाइन सपिङ गन्तव्य दराजले सामसङ नेपालसँगको साझेदारीमा आगामी बुधबार सामसङ ग्यालक्सी नोट १० लाइट सार्वजनिक गर्ने भएको छ । 
यस प्रिमियम फिचर फोनको मूल्य युरोपियन बजारमा ७८ हजार तीन सय रुपैयाँ रहेको र दराजले सामसङ नेपालसँगको साझेदारीमा यो फोन ५९ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ ।
ग्राहकले ग्यालक्सी नोट १० लाइटमा नेपालभर निःशुल्क सिपिङ पाउने तथा ३५ सय पर्ने सामसङ स्मार्ट फ्लिप कभर केबल एक हजारमै खरिद गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, पहिलो ५० ग्राहकले ‘एक्युरेटको वायरलेस ब्लुटुथ नेप इयरडट्स’ निःशुल्क पाउने पनि कम्पनीले जनाएको छ । यसबाहेक, ग्राहकले साँग्रिला होटलको खाना र पेय पदार्थमा २० प्रतिशत छुटको लिन सकिने जनाइएको छ । 
 

यसमा तपाईको मत