बजार संक्षेप

प्रभु बैंकको शाखा अब तौलिहवामा

  नागरिक   2019-12-22

काठमाडौँ- प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ०१ स्थित तौलिहवामा आफ्नो २०२औं शाखा खोली सञ्चालनमा ल्याएको छ। बैंकको तौलिहवा शाखा कार्यालयको समुद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर श्री किरण सिंहले एक समारोह बिच विहान ०९ः०० बजे उदघाटन गरे। 
बैंकको तौलिहवामा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी श्री किरण सिंहले प्रभु बैंकले तौलिहवामा आफ्नो शाखा सञ्चालनमा ल्याई सर्वसाधारणलाई आफ्नै घर आँगनमा सरल, सहज र अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरी प्रशंसनीय कार्य गरेको बताए। मन्तब्यको क्रममा उहाले बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना समेत व्यक्त गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । बैंकको तौलिहवा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
यो शाखा सहित प्रभु बैंकको कुलशाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखा रहित सेवा केन्द्र १७ र एटियम (ATM outlet)  संख्या १५२ पुगेको छ ।

यसमा तपाईको मत