बजार संक्षेप

अष्ट्रेलियन शैक्षिक मेला हुँदै

  नागरिक   2020-01-15

काठमाडौँ- Global Reachको आयोजनामा यही २०७६ माघ ३ गते शुक्रबार (January -17th) काठमाण्डौ स्थित होटल डेला अन्नपूर्ण दरबारमार्गमा अष्ट्रेलियन शैक्षिक मेला हुने भएको छ। शैक्षिक मेला विहान ११ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुने छ। उक्त शैक्षिक मेलामा विश्व सूचिमा अग्रस्थानमा रहेका अष्ट्रेलियाका उत्कृष्ठ ३० भन्दा बढी युनिभर्सिटिहरुको सहभागिता रहने कुरा आयोजक संस्था Global Reachले जनाएको छ। अष्ट्रेलियामा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक मेलामा सहभागी विभिन्न युनिभर्सिटिका प्रतिनिधिहरुसंग सिधै भेटघाट गर्नुको साथै युनिभर्सिटिका बारेमा प्रत्यक्ष छलफल गरी आफुले अध्ययन गर्न चाहेको विषयमा यथेष्ट जानकारी लिन सकिने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। साथै Global Reachले उपत्यका बाहिरका तीन वटा शहर पोखरा, चितवन र बुटवलमा पनि अष्ट्रेलियन शैक्षिक मेला आयोजना गर्दैछ। २०७६ माघ ४ गते शनिबार पोखराको सिटी स्क्वायर बैंङ्केट न्यूरोडमा विहान ११ बजे देखि ४ बजे सम्म, माघ ५ गते आइतबार चितवनको भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजे देखि ३ बजे सम्म र माघ ६ गते सोमबार बुटवल मिलनचोक स्थित दियालो फुडल्याण्डमा बिहान११ बजे देखि ४ बजे सम्ममेलन हुने जानकारी प्रेस विज्ञप्ती उल्लेख गरिएको।
 

यसमा तपाईको मत