बजार संक्षेप

जिपको क्षमता परीक्षण

    2019-09-01

काठमाडौं– ऐतिहासिक विरासत बोकेको अमेरिकी एसयुभी मेकर जिपले आफ्ना एसयुभीहरुको क्षमता परीक्षण (क्यापाबिलिटी टेस्ट)गर्न चारदिने क्याम्प जिपको सुरु गरेको छ ।
नेपालका लागि जिपको आधिकारिक वितर एमएडब्लु लाइफले बिहीबार क्याम्प जिपमा अटो मिडियाकर्मी र ‘एसयुभी इन्थुजियास्ट’हरुलाई आमन्त्रण गरेको थियो जसमा उनीहरुले काठमाडौं, बग्गीखानास्थित साल्ट ट्रेडिङमा बनाइएको कृत्रिम अफरोड ट्रायलमा भर्खरै सार्वजनिक भएको जिप कम्पास ट्रायलहक र जिप कम्पास लिमिटेड प्लसको क्षमता परीक्षण गरे ।
यो कृत्रिम अफरोड ट्रायलमा जिपको क्षमता जाँच्न रक क्लाइम्बिङ, आर्टिकुलेसन, म्यानुराबिलिटी, ठाडो उकालो र ओरालो र बलौटे अवरोधहरु राखिएका थिए । एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले आफैंले यी ट्रायलमा जिप कम्पास ट्रायलहक हाँकेर क्याम्प जिपको उद्घाटन गरेका थिए । एक वर्षअघि औपचारिक रुपमा नेपाल भित्रिएर १० भेरियन्टको कम्पास लन्च गरेको थियो । यो अवधिमा दुई सयभन्दा बढी जिप एसयुभीहरु नेपालमा विक्री भइसकेका छन् ।
एमएडब्लु लाइफले केही दिनअघि मात्र जिप कम्पास ट्रायलहक सार्वजनिक गरेको थियो । नयाँ अल ह्विल ड्राइभ (एडब्लुडी) ट्रालयहकमा बिएस६ इन्जिन, सुधारिएको ट्रान्समिसन, इन्धन किफायती, सुपरेरियर अफरोड क्यापालिबटी र मल्टि टेरेन मोड रहेको छ । जिप कम्पासमा २.० लिटरको टर्बोचाज्र्ड डिजेल इन्जिन राखिएको छ जसले अधिकतम १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । ९ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको यो एसयुभीमा अटो, स्नो, मड र स्यान्ड मोडसहित नयाँ रक मोड थपिएका आएको छ । नेपालमा जिप कम्पासको मूल्य एक रकोड २४ लाख ९० हजार तोकिएको छ ।
एमएडब्लु लाइफले केही महिनाअघि मात्र आफ्नो फुल्ली लोडेड कम्पास लिमिटेड प्लस सार्वजनिक गरेको थियो । जुन पेट्रोल र डिजेलतर्फ टु ह्विल ड्राइभ अटोमेटिक, र डिजेलतर्फ फोर ह्विल ड्राइभ म्यानुअलमा उपलब्ध छ । यसको मूल्य ९७ लाख ९० हजार रुपैयाँदेखि एक करोड पाँच लाख ९० हजार रुपैयाँसम्म रहेको छ । 

यसमा तपाईको मत