बजार संक्षेप

एभरेस्ट कलेजको १० दिने प्रशिक्षण

    2019-08-13

काठमाडौं– एभरेस्ट कलेज थापाथलीद्वारा आयोजित बिबिए चौथो सेमेस्टरका विद्यार्थीको व्यक्तित्व विकास एवं उद्घोषण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वमिस नेपाल तथा चर्चित सञ्चारकर्मी माल्भिका सुब्बाको नेतृत्वमा सञ्चालित उक्त कार्यक्रममा ६४ जना छात्रछात्राले विभिन्न १२ शीर्षकमा प्रतिभा प्रदर्शन गरेको कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साप्ताहिक रूपमा १० दिनसम्म सञ्चालित उक्त कार्यक्रममा साल्सा नृत्य, उद्घोषण प्रशिक्षण र साजसज्जाका लागि सहजीकरण गरिएको छ । 
उक्त कार्यक्रममा सहभागी विद्यार्थीले वक्तृत्वकलाका साथै व्यक्तित्व विकासका विविध क्रियाकलापमार्फत आफ्नो क्षमता प्रदर्शन गरेका थिए । सीप र प्रतिभाको मूल्यांकनबाट छनोट भएका विद्यार्थीलाई कलेजका सिइओ विष्णुहरि पाण्डेले पुरस्कृत गरेका थिए । 
२१ वर्षअघि स्थापित कलेजमा कक्षा ११, १२ र त्रिविबाट सम्बन्धन प्राप्त बिबिए, बिबिएम, बिसिए, बिबिएस र एमबिएसका कक्षा सञ्चालन भइरहेको विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत