बजार संक्षेप

टेलिकमको ‘विन्टर अफर’

  नागरिक   2020-02-10

काठमाडौं– नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको ‘आकर्षक’ विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफर आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने कम्पनीले जनाएको छ । 
यसअघि उपलब्ध अटम अफरअन्तर्गतका सेवामा केही थप सुविधा तथा नयाँ प्याकेजसमेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जीएसएम प्रिपेड÷पोस्टपेड तथा सिडिएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिने जनाइएको छ । जारी योजना अन्र्तगत अल टाइम डाटा प्याक, डे डाटा प्याक, नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, युट्युब (स्ट्रिमिङ) डाटा प्याक, डे टाइम भ्वाइस प्याक, पोस्टपेड प्याक तथा बिग डाटा प्याकमार्फत फाइदा लिनसमेत कम्पनीले आग्रह गरेको छ ।

यसमा तपाईको मत