बजार संक्षेप

प्रहरीका खेलाडीसँग टेलिकमको सहकार्य

  नागरिक   2019-11-28

काठमाडौं– नेपाल टेलिकमले एक वर्षका लागि नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रयोजन गर्ने सम्झौता गरेको छ ।  
सो सम्झौतामा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
सम्झौताअनुसार नेपाल टेलिकमले आगामी एक वर्षसम्म नेपाल प्रहरी खेलकुद समिति अन्तर्गत रहेको नेपाल पुलिस क्लब पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक भएको छ । सो प्रायोजनबापत नेपाल टेलिकमले नेपाल प्रहरीको फुटबल टिमलाइ ३२ लाख रुपैयाँ उपलब्ध गराउने छ । 
सम्झौता अवधिभर नेपाल पुलिस क्लबका पुरुष तथा महिला खेलाडीले नेपाल टेलिकमको नाम तथा लोगो अंकित जर्सी लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेल खेल्नेछन् । जर्सीको अगाडि भागको माथि दाहिनेपट्टि नेपाल टेलिकमको लोगो रहने र बीच भागमा नेपाल टेलिकमको नाम लेखिने छ । त्यसैगरी, हाफ पाइन्टको अगाडि भागको बायाँपट्टि नेपाल टेलिकमको ‘एनटी फोरजी’ लोगो हुनेछ ।

यसमा तपाईको मत