बजार संक्षेप

तज्योति लाईफ इन्स्योरेन्स र काठमाडौं ग्रुप अफ होटल्स बीच सेवा सम्झौता

    2019-06-11

काठमाडौँ- आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा काठमाडौं ग्रुप अफ होटल्स काठमाण्डौ संग होटल तथा रिसोर्ट सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले काठमाडौं ग्रुप अफ होटल्सको सञ्जाल भित्र आबद्ध भएका देशका विभिन्न स्थानमा रहेका ७ वटा होटल तथा रिसोर्टमा उपलब्ध हुने फुड एण्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट प्राप्त गर्नेछन् । यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु काठमाडौं ग्रुप अफ होटल्स अन्तर्गतका काठमाडौं गेष्ट हाउस (ठमेल), माया मनोर बुटिक होटल,     (हात्तिसार), पार्क भिलेज रिसोर्ट (बुढानिल्कण्ठ) वाटर फ्रन्ट रिसोर्ट (पोखरा) हिमालय फ्रन्ट रिसोर्ट (सराङकोट), बुद्धमाया गार्डेन होटल (लुम्बिनी) र मारुनी स्यानचुरी लज (चितवन) गरी विभिन्न स्थानहरुमा अवस्थित सातवटा होटल तथा रिसोर्टहरुमा प्रप्त हुने सेवा सुविधाहरुबाट लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख श्री प्रकाश बिक्रम खत्री र काठमाडौं ग्रुप अफ होटल्सका प्रबन्ध निर्देशक श्री दिवकर राजकर्णिकरज्यूले हस्ताक्षर गर्नुभएको थियो भने उक्त कार्यक्रममा दुवै कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
 

यसमा तपाईको मत