बजार संक्षेप

जोमसोममा टाटाको वर्कसप

  नागरिक   2019-11-25

जोमसोम– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले मुस्ताङको जोमसोममा वर्कसप खोलेको छ । 
समुद्र सतहभन्दा २७ सय ४३ मिटर उचाइमा अवस्थित उक्त वर्कसपको उद्घाटन सिप्रदी कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टसका कस्टमर केयर इन्टरनेश्सनल बिजनेस, कमर्सियल भेइकलका प्रमुख गणेश सेट्टीले गरेका छन् । 
उक्त समारोहमा मुस्ताङको घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल लगायतको सहभागिता रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वर्कसप विस्तारसँगै जोमसोम क्षेत्रमा टाटा मोटर्सका सबै रेन्जका गाडीलाई सेवा प्रदान गर्ने यो नै पहिलो र एकमात्र वर्कसप रहेको कम्पनीको दाबी छ ।
टाटा मोटर्सका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीको बिक्री–वितरण गर्न सिप्रदीको देशभर २७ बिक्री कार्यालय र ५३ सर्भिस सेन्टर छन् । साथै, देशभर दुई सय ६९ स्पेयर आउटलेट रहेको कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत