बजार संक्षेप

जनकपुरमा आजदेखि टाटाको कार मेला

  नागरिक   2020-01-16

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको आयोजनामा जनकपुरमा टाटाको कार मेला हुने भएको छ । 
कम्पनीले माघ २ र ३ गते टाटाको कार मेला हुन लागेको बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर जनाएको छ । कार मेला बिहीबार विहान ११ बजेदेखि बेलुकी सात बजेसम्म होटल राजदबार जनकपुरमा हुनेछ । मेलामा ग्राहकले एकै स्थानबाट टाटाका गाडी किनबेचको सुविधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्सका विभिन्न मोडलका गाडी एकै स्थानबाट  खरिद  गर्नुका साथै ग्राहकले आफ्नो कुनै पनि पुरानो गाडी नयाँ गाडीसँग साट्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनायो ।
निःशुल्क प्रवेश, अन द स्पट फाइनान्सिङ, पुरानो गाडीको उत्कृष्ट मूल्यांकन र एक्सचेन्ज बोनस एक लाखको व्यवस्था गरिएको छ । त्यसैगरी, गीत–संगीत र खानाका स्टल समेत हुने कम्पनीले जनायो । सिप्रदी ट्रेडिङ र सिप्रदी ट्रेडिङको बिक्रेता गिरिजा अटोमोबाइल्सको सहकार्यमा हुन लागेको हो ।
 

यसमा तपाईको मत