बजार संक्षेप

टाटा मोटर्सद्वारा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रम

    2019-06-21

काठमाडौँ - विश्वकै सबैभन्दा अग्रणी अटोमोबाइल कम्पनी टाटा मोटर्स र टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रा लि ले अन्तर्राष्ट्रिय योग दिवस २०१९ को अवसरमा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रमको भव्य आयोजना गर्दै दिवस मनाएका छन्। सिप्रदीको पहलमा आयोजित कार्यक्रमलाई सिप्रदियन सहायता संस्था र टाटा मोर्टसले संयुक्त रूपमा सहयोग प्रदान गरेका थिए।
अन्तर्राष्ट्रिय योग दिवस उत्सव टाटा मोर्टसको अन्तर्राष्ट्रिय कार्यक्रम हो र नेपालमा देशभर यो कार्यक्रमको आयोजना सिप्रदीले गरेको हो। कार्यक्रममा टाटा मोटर्स र सिप्रदीका वरिष्ठ अधिकारीहरूसहित सिप्रदीका कर्मचारीहरू, सिप्रदीका कर्मचारीका परिवारजन,  ग्राहकहरू र क्षेत्रीय अधिकारिहरूको उत्साहजनक सहभागिता थियो। आधिकारिक योग प्रशिक्षकहरूले योग सत्रको आयोजना गरेका थिए।

सिप्रदीको यो  तेस्रो संस्करण हो र पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगर अनि जोमसोमस्थित रहेका १६ वटा मुख्य शाखाहरूमा योग दिवसको अवसरमा कार्यक्रम बिस्तार गरिएको थियो।
योग सत्रको समापनपछि सहभागीहरू सरसफाई कार्यक्रममा पनि सहभागी भए।  नजिकैका खोलानाला, सामुदायिक भवनहरू र विद्यालयहरूको सरसफाई टाटा योद्धाका ग्राहकहरूको पहलमा गरिएको थियो। अमृत भोजनसँगै सरसफाई कार्यक्रम पनि सम्पन्न भयो।
कार्यक्रमका बारेमा बोल्दै सिप्रदीका निर्देशक श्री शम्भुप्रसाद दाहालले भन्नुभयो, “ यो वर्षको योग दिवस “मुटुका लागि योग” भन्ने मूलनारासहित मनाइयो र मलाई खुसी लाग्यो यो कार्यक्रममा युवादेखि विभिन्न उमेर समूहका मानिसहरूको सहभागिता थियो। कारण के भने अहिलेको समयमा युवासमय जिन्दगीको दौडधुपमा बित्छ। योगको विकास मुटु र आत्माबीच सौहाद्रता र तादम्यता प्राप्त गर्दै मस्तिष्क, शरीर र आत्माको शान्ति प्राप्तिका लागि जसरी गरिएको छ। योग सकारात्मकपनसँग जोडिएको छ। यसले सकारात्मक विचार, सकारात्मक व्यवहार र सकारात्मक ऊर्जा कायम गर्न सघाउँछ। र यस्तो सहभागिता र उत्साह देख्दा मलाई यो विश्वास लागेको छ कि योग मानिसको जीवनशैलीसँग जोडिन पुगेको छ। कर्मचारिहरू, ग्राहकहरू, साथीभाइ र परिवारजनसहित टाटा मोटर्ससँग जोडिन पाएकोमा सिप्रदी र सिप्रदीयन सहायता संस्थाले गर्वको महसुस गरिरहेको छ।”

सिप्रदीले सदैव आफ्ना ग्राहकहरूलाई अग्रस्थानमा राख्ने विश्वास राख्दछ, चाहे त्यो गुणस्तरीय सेवा र उत्पादनहरूमार्फत् होस् वा विभिन्न फाइदाजनक कल्याणकारी कार्यक्रमहरू गरेर। यिनै विभिन्न कार्यक्रमहरूमार्फत् सिप्रदीले आफ्ना सबै सरोकारवाला समूहहरू, कर्मचारीहरू, परिवारजन र साथीभाइसँग भेट्ने र जोडिन मौका पाउँछ। सबै बाधाअड्चनहरू शक्तिमा बदल्दै उत्कृष्ट अनुभव प्रदान गर्नका लागि सदातत्पर सिप्रदी हामीले चाल्ने हरेक कदममा विश्वास जगाउनका लागि कार्यरत छ।


 

यसमा तपाईको मत