बजार संक्षेप

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

    2019-07-18

काठमाडौँ- टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको  छ। 

काठमाण्डौको सोल्टीमोड, बालकुमारी, बागडोल र काठमाण्डौ बाहिरका इटहरी, पोखरा, नेपालंगञ्ज, बिरगंज र मेचीमा यी क्याम्पहरु शुभारम्भ भएको छ । सो कार्यक्रममा ग्राहकहरुले  टाटाका गाडीहरु चेकजाँच गराउन सक्नेछन् भने गाडी एक्सचेन्ज गर्न चाहानेहरुका लागि कम्पनीले गाडीको उचित मूल्याकंन र आकर्षक क्यास डिस्काउन्ट यस ऐक्सचेन्ज अफरमा पाइने समेत कम्पनीले जनाएको छ । 
सो कार्यक्रममा गाडी ऐक्सचेन्जमा विशेष सुविधा, गाडीको स्पेएर पार्ट र लुब्रिरिकेन्टमा २० प्रतिशत सम्म छुटको व्यवस्था, मेकानिकल खर्चमा ५० प्रतिशत छुट । र व्याट्री रिप्लेसमेन्टमा १५ प्रतिशत छुट, ऐक्सचेन्ज लोयल्टी बोनस १ लाख प्रदान गरिनेछ। साथै फ्रि टप वासको व्यवस्था, मनसुन ड्राभिङ्गमा सेफ्टी टिप्स् र एक जोडिले नगरकोटमा एक रात होटलमा बस्ने प्याकेज पनि प्राप्त गर्नेछन । 

यसमा तपाईको मत