बजार संक्षेप

लक्ष्मीका अध्यक्षको शपथ

  नागरिक   2020-02-06

काठमाडौं– लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशील घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो ।
शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीको उपस्थिति थियो ।
नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्वसचिव हुन् । उनीसँग नेपाल सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको जिम्मेवारी वहन गरेको अनुभव छ ।
 

यसमा तपाईको मत