बजार संक्षेप

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्षद्वारा शपथग्रहण

  नागरिक   2019-12-19

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक समिति अध्यक्षमा नियुक्त भएका अनुज अग्रवालले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले उनलाई शपथग्रहण गराएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कार्यकारी निर्देशक देवकुमार ढकाल, निर्देशक गोविन्द नागिला बैंक सञ्चालक चन्द्रप्रसाद ढकाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव ईश्वरबन्धु गौतमको उपस्थिति रहेको बैंकले जनाएको छ । 
 

यसमा तपाईको मत