बजार संक्षेप

स्विजरल्यान्डको ग्लुकोज मिटर नेपालमा

    2019-08-30

काठमाडौं– स्विजरल्यान्डको ब्रान्ड एसेन्सिया कम्पनीको उत्पादन कन्टुर र कन्टुर प्लस वन ग्लुकोज मिटर नेपालमा भित्रिएको छ ।
काठमाडौंको थापाथलीस्थित मेनका इन्टरप्राइजेजले उक्त ग्लुकोज मिटर नेपाल ल्याएको हो । यो ब्रान्ड स्विजरल्यान्डको भए पनि यसको स्ट्रिप जापानमा बनेको र यसले भरपर्दो नतिजा दिनुका साथै शरीरमा भएको मधुमेह सजिलै मापन गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रयोग गर्न सजिलो, प्रयोग गर्दा रगत नपुगे फाल्नु नपर्ने र त्यही पट्टी प्रयोग गर्न मिल्ने, सजिलै रगत ग्लुकोज मापन गर्न सकिने यसका विशेषता रहेका छन् ।  

यसमा तपाईको मत