बजार संक्षेप

गतिशील र सिद्धान्तनिष्ठ लघुवित्त आवश्यक

    2019-08-13

काठमाडौं– लघुवित्त क्षेत्रमा विद्यमान चुनौती र अबको कार्यदिशा निर्धारण विषयक एकदिने सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । 
स्वावलम्बन विकास केन्द्रको आयोजनामा सम्पन्न सम्मेलनमा नेपालमा लघुवित्त क्षेत्रको बुझाइ, गराइ, भोगाइ र सोचाइ विषयमा सामूहिक छलफल भएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गोष्ठीमा सहभागीले लघुवित्त कार्यक्रमलाई गतिशील राख्न यसको मूल मर्म र सिद्धान्तबाट निर्देशित हुनुपर्नेमा जोड दिएका छन् ।
लघुवित्तमा उद्यमशीलता विकास महत्वपूर्ण हुने भएकोले लघुवित्त संस्थाका ग्राहक सदस्यहरु स्थानीय स्रोत र साधनको भरपूर प्रयोग गरी कसरी उद्यमशीलता विकास गर्ने भन्ने विषयमा केन्द्रित हुनुपर्नेमा सहभागीले जोड दिएका थिए । 
सम्मेलनमा देशका सातैवटा प्रदेशबाट प्रतिनिधित्व हुने गरी प्यानल छलफल गरिएको उल्लेख छ ।
गोष्ठीमा लघुवित्त क्षेत्रका विज्ञ लगायत केन्द्रमा आवद्ध ३९ लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको जनाइएको छ ।

यसमा तपाईको मत