बजार संक्षेप

स्वस्तिकको उपहार विजेता घोषणा

  नागरिक   2019-11-07

काठमाडौं–राजधानीको इन्द्रचोकमा रहेको मिठाइ सोरुम स्वस्तिक स्विट्स एन्ड स्न्याक्सले दसैं, तिहार र छठको उपलक्ष्यमा अघि सारेको उपहार योजनाको नतिजा लक्की ड्रमार्फत घोषणा गरेको छ । 
आफ्नै सोरुममा ग्राहकवर्गमाझ लक्की ड्र कार्यक्रम गरी ग्राहककै हातबाट विजेता छनोट गरिएको थियो । जसमा बम्पर उपहार डियो स्कुटर टेकुस्थित गोयल मेटल इडस्ट्रिजलाई, पहिलो उपहार ४३ इन्च सामसङ स्मार्ट टिभी मखनटोलका संजय अग्रवाल, दोस्रो उपहार एलजी वासिङ मेसिन पुरानो बानेश्वरका रामहरि अर्याल, तेस्रो उपहार भिडियोकन रफ्रिजरेटर डल्लुका उमेश कुमारले जितेको कम्पनीले जनाएको छ । त्यस्तै, अन्य ग्राहकले सान्त्वना उपहार जितेको जारी विज्ञप्तिमा उल्लेख छ । 
 

यसमा तपाईको मत