बजार संक्षेप

सुजुकीको ‘विन्टर फ्री सर्भिस क्याम्प’

  नागरिक   2020-01-08

काठमाडौं– नेपालको लागि सुजुकी फोर ह्विलरको आधिकारिक बिक्रेता तथा सिजी होल्डिंग्सको अटोमोबाइल डिभिजन सिजी मोटोकर्पले पुस २३ देखि २५ गतेसम्म ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउन सक्ने कम्पनीले जनाएको छ ।
सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निःशुल्क कार वासको सुविधासमेत पाउने छन् । त्यसैगरी, एसडिटी डायग्नोसिसमा ५० प्रतिशसम्म छुटको व्यव्यस्था रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
यो अवधिमा स्पेयर पार्टस, इन्जिन आयल, एसेसरिज र ह्विल एलाइनमेन्टमा १० प्रतिशत छुट पाउन सक्नेछन् । ‘विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ३९ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।  
 

यसमा तपाईको मत