बजार संक्षेप

घातक रोगविरुद्ध सुरक्षा प्रदान गर्न ‘सूर्या लाइफ केयर’

    2019-07-11

काठमाडौँ- सूर्या लाइफ इन्स्योरेन्सले क्यान्सर, हृदयघात, मिर्गौला फेलसहित १८ प्रकारका  घातक रोगविरुद्ध सुरक्षा प्रदान गर्न ‘सूर्या लाइफ केयर’ पूरक करार सार्वजनिक गरेको छ । 
यो ऐच्छिक सुविधाबाट बिमितलाई क्यान्सर, हृदयाघात, स्ट्रोक, कोर्नरी आर्टरी बाइपास सर्जरी, हर्ट–भल्भ सर्जरी, मिर्गौला फेल लगायत १८ घातक रोगमध्ये कुनै एक रोगबाट पीडित भएको प्रमाणित भएमा पूरक करारको सर्तको अधीनमा रही मूल बिमांकको आधारमा एकमुष्ठ ५० लाख रुपैयाँसम्म भुक्तानी गरिने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पूरक करार बिमितको सहजतालाई मध्यनजर गरी कम्पनीबाट जारी भएका सबै बिमालेखमा यो सुविधा उपलब्ध हुने पनि संस्थाले जनाएको छ । 
 

यसमा तपाईको मत