बजार संक्षेप

मञ्जुश्रीको सहयोग

  नागरिक   2019-09-23

काठमाडौं– संविधान दिवसको अवसरमा मञ्जुश्री फाइनान्सले ज्येष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग तथा खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ । फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत नारायण सुबेदीले यो सहयोग निःसहाय सेवा सदन शान्ति नगरमार्फत प्रदान गरेका हुन् । फाइनान्सका अनुसार अन्य शाखा कार्यालयले पनि यही अवसरमा विभिन्न सामाजिक संस्थालाई सहयोग उपलब्ध गराएको छ ।
 

यसमा तपाईको मत