बजार संक्षेप

सेञ्चुरी बैंकको सहयोग

  नागरिक   2020-01-24

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । 
बैंकले श्रद्धालु भक्तजको रात्रि यात्रालाई सहज बनाउन दुई सय ५० थान टर्चलाइट हस्तान्तरण गरेको जनाएको छ । बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले समितिका महासचिव एलपी श्रेष्ठलाई  टर्चलाइट हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत