बजार संक्षेप

गोर्खाज फाइनान्सको सहयोग

  नागरिक   2019-12-18

काठमाडौं– गोर्खाज फाइनान्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । कैलालीको गौरीगंगा नगरपालिका–४ मा रहेको कालिका माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संस्थाका अध्यक्ष यादवचन्द्र राईले उक्त विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई स्वेटर प्रदान गरेका हुन् । हाल संस्थाले देशभरका २३ वटा शाखामार्फत मोबाइल तथा इन्टरनेट बैंकिङ, आइपिएस सेवा, डेबिट कार्ड, सी–आस्बा लगायत वित्तीय सेवा प्रदान दिँदै आएको छ । 
 

यसमा तपाईको मत