बजार संक्षेप

सिमरामा सनराइज बैंक

    2019-08-05

काठमाडौं– सन्राइज बैंकले बाराको सिमरामा शाखा विस्तार गरेको छ । यो बैंकको ११४औं शाखा रहेको र यसको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगन्जका निर्देशक राजनविक्रम थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा सिमरा उपमहानगरका मेयर कृष्ण पौडेलले एटिएमको उद्घाटन गरेको बैंकले जनाएको छ । सनराइजले एक सय १४ शाखा, ३८ शाखारहित बैंकिङ सेवा, पाँच एक्सटेन्सन काउन्टर र एक सय ३२ एटिएममार्फत सेवा दिइरहेको छ ।
 

यसमा तपाईको मत