बजार संक्षेप

कुपण्डोलमा सनराइज बैंकको शाखा विस्तार

    2019-08-09

काठमाडौं, साउन २३ (नागरिक)– सनराइज बैंकले ललितपुरको कुपण्डोलमा शाखा विस्तार गरेको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंक सञ्चालक समितिका सदस्य बच्छराज तातेडले उक्त शाखाको उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोही अवसरमा बैंकले एटिएमको पनि उद्घाटन गरेको जनाएको छ । सन्राइजको शाखा संख्या एक सय १७ पुगेको छ । त्यसैगरी, ३८ शाखारहित एकाइ, पाँच एक्सटेन्सन काउन्टर र एक सय ३५ एटिएममार्फत सेवा दिइरहेको बैंकले जनाएको छ ।

यसमा तपाईको मत