बजार संक्षेप

मन्थलीमा सनराइज  बैंक

  नागरिक   2019-09-06

काठमाडौं– सनराइज बैंकले रामेछापको मन्थलीमा शाखा खोलेको छ ।
उक्त शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर  रमेशकुमार बस्नेत, बैंकका सञ्चालक समिति सदस्य दीपक नेपाल र प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्थली शाखामा बैंकले एटिएम सेवा पनि सुरु गरेको छ ।   बैंकले एक सय २२ शाखा, ३८  शाखारहित बैंकिङ सेवा, ६ एक्सटेन्सन काउन्टर र एक सय ४२ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत