बजार संक्षेप

सिटिजन्स बैंकको सञ्चालकमा सुदेश नियुक्त

  नागरिक   2019-11-24

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समितिको बैठकले बैंकिङ क्षेत्रमा तीन दशकका अनुभवी सुदेश खालिङलाई बैंकको स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । 
अवनिन्द्रकुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त स्वतन्त्र सञ्चालकको पदमा खालिङलाई नियुक्त गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । । शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महŒवपूर्ण ओहदामा रही काम गरिसकेको जनाइएको छ  ।
वाणिज्य बैंकमा सहायकबाट बैंकिङ पेसा सुरु गरेका खालिङ दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत्त भएका थिए ।
हाल बैंकले निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्बा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधासहित ८५ शाखा, ८२ एटिएम र एक सय दुई शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

यसमा तपाईको मत