बजार संक्षेप

सुबिसुको अफर सार्वजनिक

  नागरिक   2019-12-29

काठमाडौँ- नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्नो १९औ बार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना प्रस्तुत गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
यस अफर अन्तर्गत ग्राहकहरुले मात्र रु १०४०/- प्रति महिनामा २५ःMbps  इन्टरनेट र फूल एच डि प्याकेज (२७५ भन्दा बढि च्यानल, ९५  भन्दा बढि एच डि च्यानल) प्राप्त गर्नु हुनेछ। यो १५ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिने जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
त्यसैगरी क्लिर टिभी प्याकेज (२४५ भन्दा बढि च्यानल, ६५ भन्दा बढि एच डि च्यानल) मात्र रु २२१ मा प्राप्त गर्नुहुने छ । यो १४ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। 
यसका साथै ग्राहकले दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गर्नेछन जसमा २० हजार भन्दा बढी नेपाली गीतहरु समावेश छन् । 
आफ्नो १९औ बार्षिकोत्सवको अवसरमा सुबिसुले यो अफर लिएर आएको हो । अफर सिमित अवधिका लागी मात्र लागु हुनेछ भने सर्त तथा नियमहरु लागु हुने जानकारी कम्पनीले उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ।  


 

यसमा तपाईको मत