बजार संक्षेप

सुबिसुको नब्बे प्रतिशत सेवा सुचारु

    2019-08-09

काठमाडौँ- नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क तथा टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेट (प्रा.) लि. को बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधवार साउन २२ गते भिषण आग लागी भएको जानकारी यहाँहरु मा सर्वबिदित नै छ । यसबाट मानविय क्षति नभएको तर ठूलो रुपमा भौतिक क्षति हुन गएको हुनाले हाम्रो सेवा केहि स्थानमा अबरुद्ध भई सेवाग्राहिहरु प्रभावित भएको व्यहोरा जानकारी कम्पनीको प्रेस बिज्ञप्तिमा दिइएको छ। 
आगलागि पूर्णरुपमा नियन्त्रण भएको केहि समय भित्र नै प्राबिधिक टोलिको सहयोगद्वारा प्रभावित सेवा सुचारु गरा्उन तत्परताका साथ काम अगाडि बढाई, केहि घन्टा भित्र नै थापाथली स्थित सुबिसुको बैकल्पिक डाटा सेन्टरबाट अधिकांश सेवाग्राहिहरुको सेवा सुचारु गराउन सफल भएको जानकारी दिइएको छ। 
अहिले सम्म करिब नब्बे प्रतिशत सेवा सुचारु गर्न सफल भएको जानकारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेखित छ। 
यस्तो भिषण आगलागिमा सहयोग गर्नुहुने जुद्घ बारुण यन्त्र, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विमानस्थलको एभियसन रेस्क्यु एण्ड फायर सर्भिस र काठमाडौं महानगरको वारुण यन्त्रको टोलि प्रति हामि आभार प्रकट गरेको कम्पनीले जानकारी गराएको छ। साथै यस्तो अबस्थामा साथ दिनुहुने सम्पूर्ण सेवाग्राहिहरु, शुभ चिन्तक तथा नेपाल केबल टिभि महासंग, ईन्टरनेट सेवा प्रदायक सघं प्रति कम्पनिले  कृतज्ञता प्रकट गरेको जानकारी प्रेस बिज्ञप्तिमा उल्लेखित छ।


 

यसमा तपाईको मत