बजार संक्षेप

सुविसुमा आगलागी, छिटै सेवा सुचारु हुने

    2019-08-07

काठमाडौँ– बुधबार बालुवाटारस्थित  सुबिसुको मुख्य कार्यालयमा आगलागीले सुबिसुको इन्टरनेट सेवा प्रभावित भएको छ। आज  दिउँसो १२ बजे भएको आगलागीले सुविसु इन्टरनेटको सेवा अवरुद्ध भए पनि छिटै सेवा प्रवाह गर्ने सुविसु कम्पनीले जानकारी दिएको छ। सुविसु कम्पनीकी मिडिया व्यवस्थापक रेजिना आचार्यका अनुसार सेवा अवरुद्ध भएका केही स्थानमा सुचारु भइसकेको छ भने केही स्थानमा छिटै सञ्चालनमा आउने छ। चाँडो भन्दा चाँडो आफ्नो सेवा सुचारु गर्ने प्रयास गरिरहेको बताउँदै उनले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको बताएकी छन्।
 

यसमा तपाईको मत