बजार संक्षेप

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

  नागरिक   2019-12-12

काठमाडौँ- नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सहभागिता जनाएको छ। सुबिसुका प्रमुख कार्यकारी अधिकृत श्री विनयमोहन साउद ज्यू र Queens Event Nepalका प्रबन्ध निर्देशक छुम्बि लामा एवं नेपाली क्रिकेट टिमका पुर्व  कप्तान पारस खड्काको उपस्थितिमा सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । नेपाली खेलकुदको विकास तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ यस बर्ष पनि सुबिसुले यस खेलका लागि सहकार्य गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
प्रत्येक खेलमा उत्कृष्ट क्याचर “क्लियर टिभी क्लियर क्याच (Clear TV Clear Catch )”  तथा “फास्टेस्ट फिफटी (Fastest Fifty)” लाई उपहार स्वरुप सुबिसु इन्टरनेट र क्लियर टिभी सेवा १ वर्षका लागि निशुल्क प्रदान गरिने जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

यसमा तपाईको मत