बजार संक्षेप

स्टक क्लियरेन्स मेला सम्पन्न

  नागरिक   2019-09-23

काठमाडौँ– भृकुटीमण्डपमा आयोजना गरिएको स्टक क्लियरेन्स मेला सकिएको छ । पाँच दिन चलेको मेला ९२ हजारले अवलोकन गरेको आयोजक इभेन्ट सोलुसनले जनाएको छ । 
मेलाले एकै छानामुनि सेवाग्राहीलाई सस्तो मूल्यमा गुणस्तरीय सामान किन्ने अवसर प्रदान गरेकाले आगामी दिनमा पनि यस किसिमका मेलालाई प्रवद्र्धन गर्दै लैजाने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । इभेन्ट सोलुसनले पछिल्लो तीन वर्षदेखि नियमित रुपमा स्टक क्लियरेन्स मेला आयोजना गर्दै आएको छ । 
 

यसमा तपाईको मत