बजार संक्षेप

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

  नागरिक   2019-11-15

काठमाडौं– नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । 
उक्त एक्टिभेसन कार्यक्रम नक्साल भाटभटेनीमा कात्तिक २९ र ३० गते, महाराजगन्ज भाटभटेनीमा मंसिर ६ र ७ गते र पाटन भाट भटेनीमा मंसिर १३ र १४ गते हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
एक्टिभेसनको मूल उद्देश्य ग्राहकसँग अन्तक्र्रिया बढाउन र सेलपे एपको बारे यसको प्रयोग र फाइदाको विस्तारमा जानकारी उपलब्ध गराउने रहेको कम्पनीले जनाएको छ । एक्टिभेसनको समयमा सेलपेले स्पोर्ट केवाइसी प्रमाणीकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भएपछि एक सय रुपैयाँको फ्री टपअप प्रदान गर्ने जनाएको छ । 
 

यसमा तपाईको मत