बजार संक्षेप

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा नेपालमा “गोल” कार्यक्रम शुरु

  नागरिक   2020-01-05

काठमाडौँ- स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपालमा “गोल” कार्यक्रमको औपचारिक शुरुवात् गरेको छ ।शनिबार आयोजित एक समारोहबीच घोषणा गरिएको उक्त कार्यक्रममा बैंकले आफ्नो अन्तर्राष्ट्रिय साझेदार अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वुमेन विन र नेपालको लागि स्थानीय कार्यान्वयनात्मक साझेदार राष्ट्रिय गैरसरकारी संस्था चाइल्डरिच, नेपालसँगको सहकार्यमा अघि बढाएको हो । “गोल” कार्यक्रम असमानताको सामना गर्न र आर्थिक समावेशीता प्रोत्साहित गर्न  स्ट्याण्डर्ड चार्टर्डले अबलम्बन गरेको एक विश्वव्यापी पहल हो, जसमार्फत् भविष्य निर्माताहरुलाई अगुवाई शिक्षा प्रदान गर्ने गरिन्छ । “गोल” ले चेलीहरुलाई उनीहरुको परिवार र समुदायहरुमा आर्थिक नेतृत्व बहन गर्ने क्षमता प्रदान गर्न उनीहरुमा आत्मविश्वास, ज्ञान र सीपहरुको विकास गर्दछ । सन् २००६ र २०१८ को बीचमा यो कार्यक्रमबाट २० भन्दा बढी मुलुकहरुका ४८०,००० चेलीहरु र युवती लाभान्वीत भैसकेका छन् । बैंकले सन् २०२३ सम्ममा १० लाख चेलीहरुलाई यो कार्यक्रमबाट लाभ प्रदान गर्ने लक्ष्य राखेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

“गोल” कार्यक्रम जीवनको महत्वपूर्ण सीपहरुलाई लक्षित गरेर मुख्यतः ४ भागमा विभाजित गरिएको छ, जस्तो कि सञ्चार, स्वास्थ्य र सरसफाई, महिला अधिकार र वित्तीय साक्षरता । कार्यक्रममार्फत् गोलले चेलीहरुको लागि समकक्षी नेताहरुमा विकास गर्ने, आफ्नो बारेमा सिक्ने, र बढी आत्मविश्वास प्राप्त गर्ने, साथीसँगीहरु र उनीहरु उनीहरुबीच सञ्जाल बनाउने लक्ष्य राखेको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

कार्यक्रमको शुभारम्भ मदन स्मारक उच्च मा.वि., ललितपुरमा गरिएको थियो, जहाँ स्ट्याण्डर्ड चार्टर्ड बैंकको तर्फबाट करिब १५० जना विद्यार्थीहरुलाई उनीहरुको अध्ययन कार्यमा सहयोग पुर्याउन स्टेशनरी सामग्रीहरु पनि वितरण गरिएको थियो । उक्त शुभारम्भ कार्यक्रममा विद्यार्थी भाइबहिनीहरु, उनीहरुका अभिभावकहरु, विद्यालयका शिक्षक शिक्षिका, कर्मचारीहरु लगायत स्ट्याण्डर्ड चार्टर्ड बैंक र चाइल्डरिच नेपालका पदाधिकारीहरुको उपस्थिति रहेको जानकारी उक्त बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
 

यसमा तपाईको मत